घुस लिने कर्मचारी अख्तियारको फन्दामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घुस लिने कर्मचारी अख्तियारको फन्दामा


२० जेष्ठ २०७५, आइतबार


काठमाडौं । सेवाग्राहीसँग घुस मागेको आरोपमा ललितपुर महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् । घरबहाल कर थोरै तिर्नुपर्ने गरी मिलाइदिने भन्दै सेवाग्राहीबाट लिएको ७० हजार घुस सहित महानगरपालिकाका खरिदार राजेन्द्र नेमपुललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पक्राउ गरेको हो ।

उनीसँगै विचौलिया कृष्ण बोगटी पनि पक्राउ परेका छन् । उनले एक स्थानीयसँग २ लाख ५४ हजार रुपैयाँ घरबहाल कर तिर्नुपर्नेमा त्यसमा आफुले मिलाई दिने तर त्यसका लागि सहयोग गर्नुपर्ने बताएका थिए । सोही सहमतिका आधारमा उनले उक्त रकम लियकोमा अख्तियारले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस