२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनःनिर्माणका लागि थप दुई हजार ७८ घरधुरी लाभग्राही सूचीमा

अ+ अ-

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणका लागि थप दुई हजार ७८ घरधुरी लाभग्राही सूचीमा परेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत संकलित तथ्यांकको विश्लेषण गरी गुनासो सुनुवाइ गर्ने क्रममा थप १३ वटा स्थानीय तहको नतिजा सार्वजनिक गर्दा लाभग्राही सूचीमा पीडितको संख्या थपिएको हो ।

गुनासो छनोटका क्रममा घर प्रवलीकरणको लाभग्राही सूचीमा २६३ जना थपिएको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरले राससलाई जानकारी दिए ।

कार्यकारी समितिको निर्णय अनुसार गोरखाका आरुघाट र अजीरकोट, सिन्धुपाल्चोकका ईन्द्रावती र सुनकोशी गाउँपालिका, काठमाडौंका बूढानीलकण्ठ, चन्द्रागिरि, गोकर्णेश्वर, कीर्तिपुर, नागार्जुन, शंकरापुर, तारकेश्वर, टोखा नगरपालिका तथा काठमाडौं महानगरपालिकाका गुनासोबाट छनोट गरी लाभग्राही सूचीमा समावेश गरिएको हो ।

यसअघि प्राधिकरणले गुनासो सुनुवाइमार्फत् विभिन्न जिल्लाका १८ गाउँपालिका र दुई नगरपालिकाका पाँच हजार ३४४ जनालाई पुनःनिर्माण अनुदान लाभग्राही र पाँच हजार ५०१ जनालाई प्रवलीकरण लाभग्राहीमा समावेश गरेको थियो ।

भूकम्प प्रभावित ३२ जिल्लाबाट दर्ता भएका गुनासोमध्ये पहिले सर्वेक्षण भएको वा नभएको यकिन गरी थप प्रमाणीकरण गर्नु परेकोले लाभग्राहीको छनौटमा केही ढिलाइ भएको सूचना अधिकारी घिमिरेले बताए । प्राधिकरणले विशेष प्राथमिकता दिई गुनासो विश्लेषण गरिरहेको छ ।

पुनः सर्वेक्षण भई केन्द्रमा आएको तथ्यांकबाट जेठ मसान्तभित्रमा लाभग्राहीको पहिचान सम्पन्न गर्ने लक्ष्य छ । छनोट भएको सूची स्थानीय तहमा पठाइने उनले बताए । कायम भएका लाभग्राहीले स्थानीय तहको सिफारिसमा अनुदान सम्झौता गर्न पाउनेछन् । अनुदान सम्झौतापछि लाभग्राहीले पुनःनिर्माण गर्न रु तीन लाख र प्रवलीकरणका लागि रु एक लाख अनुदान पाउनेछन् ।

विगतमा विभिन्न कारणले लाभग्राही सूचीमा पर्न नसकेका वास्तविक भूकम्पपीडितलाई लक्ष्य गरी प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षण सञ्चालन गरेको थियो । गत भदौदेखि मंसिरसम्म प्राधिकरणले ३३२ जना इञ्जिनियरलाई परिचालन गरी छुट तथा पुनःजाँच सर्वेक्षण गरेको थियो । सो अवसरमा करिब एक लाख ३० हजार घरधुरीको तथ्यांक संकलन गरेको प्राधिकरणले जनाएको छ । रासस