पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भारदहमा एक महिलाको शव फेला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भारदहमा एक महिलाको शव फेला


२० जेष्ठ २०७५, आइतबार


राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज एक महिलाको शव फेला परेको छ ।

हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस