२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थीद्वारा २१ नयाँ विद्युतीय उपकरण निर्माण

अ+ अ-

नुवाकोट । ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण निर्माण गरेका छन् ।

लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत विद्यार्थी मिलेर क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सरलगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरण प्रयोगमा ल्याएका हुन् । उक्त उपकरण लिखु गाउँपालिका–१ स्थित नारायणदेवी माविमा प्रदर्शनीमा समेत राखिएको छ ।

अध्ययनका क्रममा सिकेको सीपलाई अभ्यासको माध्यमबाट व्यवहारमा उतार्न सफल भएको क्लबका अध्यक्ष नरेश्वर पाण्डेले जानकारी दिए ।

“बट्टारस्थित शुभेनियर बोर्डिङ स्कूलबाट २०७२ सालको माध्यमिक शिक्षा परीक्षामा लिखु गाउँपालिकाबाट सहभागी विद्यार्थीमात्र क्लबमा आबद्ध छौँ ।” अध्यक्ष पाण्डेले भने, “विद्यालय तह, दश जोड दुई र अहिले केन्द्रीय क्याम्पसमा डिप्लोमा इन इञ्जिनियर अध्ययनका क्रममा पाठ्यक्रममा उल्लिखित विषयवस्तुको सहयोगले नयाँ उपकरण बनाउन सफल भएका हौँ ।”

राति आफैँ बल्ने र दिउँसो आफैँ निभ्ने बत्ती, सेन्सरमार्फत चल्ने स्वचालित धारो र पानी तान्ने उपकरण, हाइड्रोलिक डोजर, विद्युतीय नियन्त्रक अन्य उपकरण दैनिक जीवनमा प्रयोग गरी लाभ लिन सकिने क्लबका उपाध्यक्ष जनार्दन ढकालले जानकारी दिए ।

“ड्रोनको निर्माण अन्तिम चरणमा पुगेको र अब परीक्षणको क्रममा छ तर सञ्चालन तथा उपयोगका लागि कानूनी समस्याले ढिलाइ भइरहेको छ”, ढकालले भने ।

एक्काइस प्रकारका नयाँ आविष्कार निर्माण गर्न पाँच लाख खर्च भएको र त्यसमा केही लिखु गाउँपालिकाको समेत सहयोग छ । “सामग्री खरिदमा धेरै लगानी नहुने भए पनि यसमा मेहनत खर्चनु पर्छ ।” उनले भने, “ अब हामीले मानिसको दैनिकीमा सहयोग पुग्नै खालका उपकरण निर्माणमा लाग्ने सोच बनाएका छौँ ।”

क्लबमा आबद्ध विद्यार्थी हाल सुरक्षा प्रणाली, सेन्सर, स्वचालित र रोबर्ट प्रणालीलगायतका उपकरण निर्माणमा जुटेका छन् । रासस

प्रतिक्रिया दिनुहोस