समाजवाद निर्माणको प्रमुख आधार बजेट :  विष्णु पौडेल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समाजवाद निर्माणको प्रमुख आधार बजेट :  विष्णु पौडेल


२० जेष्ठ २०७५, आइतबार


काठमाडौं । सांसद विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट समृद्ध नेपाल, सुखी नेपाली र समाजवाद प्रमुख आधार उन्मुख भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले यथार्थमा आधारित भएर बजेट आएको भन्दै बजेटले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आगामी आवमा बजेट आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फीतिलाई ठीक स्थानमा राख्ने लक्ष्य लिएको भन्दै उनले बजेटले समृद्धिको बाटो पहिल्याउने बताए ।

पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले कर प्रणालीको सुधार र रोजगारी वृद्धिलगायतका कार्यक्रम समेटेको भन्दै पूर्वाधारको विकासमा पनि बजेटले विशेष जोड दिएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस