खरिदार पद हटाउने तयारी, सुब्बामा ७० प्रतिशत खुला विज्ञापनबाट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खरिदार पद हटाउने तयारी, सुब्बामा ७० प्रतिशत खुला विज्ञापनबाट


२० जेष्ठ २०७५, आइतबार


समायोजन

काठमाडौं । निजामती सेवामा खरिदार पद हटाउने तयारी गरिएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुला प्रतियोगिताबाट पदपूर्ति नगरिने प्रस्ताव गरिएको छ ।

यसअघि खरिदार पदमा खुला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार खरिदार पदभन्दा तल कार्यालय सहयोगीको पद मात्रै छ । त्यसकारण कार्यालय सहयोगी आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने पाउनेछन् ।

खरिदार पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट २० प्रतिशत र ज्येष्ठताको बढुवाको आधारमा १० प्रतिशत पदपूर्ति गरिने मस्यौदामा उल्लेख छ ।
खरिदार पदमा रहेका कर्मचारीहरु सेवानिवृत्त भएसँगै दरबन्दी स्वतः खारेज हुँदै जानेछ ।

संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदमा पनि खुला विज्ञापन नगराउने उल्लेख छ ।

सुब्बामा ७० प्रतिशत खुला विज्ञापनबाट पदपूर्ति
नायबसुब्बा पदमा अबदेखि ७० प्रतिशत खुला प्रतियोगिताबाट पदपूर्ति गरिने भएको छ । यसअघि सुब्बामा ४० प्रतिशत मात्रै खुलाबाट पदपूर्ति हुने गथ्र्याे । यस्तै आन्तरिक प्रतियोगिताबाट १० प्रतिशत र जेष्ठताको बढुवाबाट २० प्रतिशत पदपूर्ति गरिनेछ ।

प्रतिक्रिया दिनुहोस