सरकारद्वारा ६ नयाँ सहसचिवको पदस्थापना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारद्वारा ६ नयाँ सहसचिवको पदस्थापना


प्रशासन विशेष ब्युरो

१७ जेष्ठ २०७५, बिहिबार


सचिव

काठमाडौं । सरकारले केही दिन अघि लोक सेवा आयोगले सिफारिस गरेका ६ नयाँ सहसचिवको पदस्थापना गरेको छ ।

नवनियुक्त सहसचिव गोगन हमाल प्रदेश नम्बर ७ को समाजिक विकास मन्त्रालयमा पठाएको छ भने मुक्ति पाण्डेलाई प्रदेश नम्बर ४को आर्थिक मामिला मन्त्रालय पठाएको छ ।

त्यसैगरी टोकराज पाण्डेलाई कलैया उपमहानगरपालिकाको प्रशासकीय अधिकृत, आनन्द सारुलाई तुलसीपुर उपहमहारपालिका, रुद्रादेवी शर्मालाई प्रदेश नम्बर ३को मुख्यमन्त्रीको कार्यालय र सन्तबहादुर सुनार धनगढी उपमहानगरपालिकाको कार्यालयमा प्रशासशीय अधिकृत रुपमा पठाईको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस