स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने : प्रम ओली « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने : प्रम ओली


१७ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताएका छन् ।

नुवाकोटको ककनीमा आज स्काउटको तेस्रो जम्बोरीको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्  ।

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा लागेकोले यसमा सबैको सहयोग हुनुपर्ने बताए । उनले बालबालिका,यूवा तथा विद्यार्थीहरुको हितमा काम गर्ने बताए । २०२४ /०२५ सालतिर आफू पनि स्काउटको सदस्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने “स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ । अहिलेका स्काउटले पनि भविष्यमा देश हाँक्न सक्छन् भन्ने मेरो विश्वास छ ।”

ओलीले देशलाई केही बर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा अघि बढाइने बताउँदै “नेपाललाई अब गरिब देश होइन सम्पन्न राष्ट्रको रुपमा पहिचान गराउदैछौं”भने । नेपाल जीवनमय देश भएकोले यसलाई सुखी नेपाली बस्ने देशको रुपमा चिनाउनु पर्ने उनको भनाइ छ ।

उनले नेपाल स्काउटको जग्गालाई गलत ढंगले प्रयोग गर्न वा अतिक्रमण हुन नदिने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस