२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी

अ+ अ-

बुटवल । मुलुकमा दिगो शान्ति स्थापना र समृद्धि प्राप्तिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी रहेको धारणा मंगलबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताले व्यक्त गरेका छन् ।

११ औँ गणतन्त्र दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको गणतन्त्रका एक दशकः अबको प्राथमिकता सुशासन र सुव्यवस्था विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै सरोकारवालाले राष्ट्र, राष्ट्रियता र आर्थिक समृद्धि बिना जनताको चाहना पूरा नहुने कुरामा पनि उनीहरुले जोड दिएका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु पन्थीले सबैको ध्यान दृष्टि समृद्धिको दिशामा अघि बढाउनुपर्ने आवश्यता रहेको बताए । उनले सत्तापक्ष र प्रतिपक्ष नभनी एक ढिक्का भएर सहकार्य गर्दै जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूति दिलाउनु पर्ने आवश्यकता रहेको बताए ।

प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीले गणतन्त्र आएको एक दशक पूरा भए पनि जनताका आकांक्षा र अपेक्षा पूरा नभएकोमा चिन्ता व्यक्त गरे। सरकारको अबको दिशा शान्ति, सुशासन, सुव्यवस्था र आर्थिक समृद्धिनै जनचाहना भएको उनले औँल्याए ।

नेपाली कांग्रेसका नेता युवराज गिरीले जनताको आन्दोलनमार्फत प्राप्त संघीय लोकतान्त्रि गणतन्त्रको रक्षार्थ आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिने बताए ।

उनले आफ्नो पार्टीले सरकारले गरेको हरेक राम्रा कार्यको समर्थन र गलत कार्यको विरोध गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

मानवअधिकार तथा शान्ति समाजका उपसभापति गोविन्द खनालले जनताका अधिकार स्थापित गर्ने सवालमा आन्दोलनरत रहेको कतिपय अवस्थामा राजनीतिक शक्ति कमजोर हुँदा नागरिक समाजले सदैव साथ दिएको स्मरण गराए । पूर्व सभासद् विनोद पहाडीले गणतन्त्र स्थापनाका लागि नेपाली जनताले पु¥याएको योगदानको चर्चा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि सबैको भूमिका अपरिहार्य रहेको बताए ।

शान्ति समाजका सभापति हरिश ढकालको सभापतित्वमा भएको कार्यक्रममा मानवअधिकार आयोग बुटवलका कार्यालय प्रमुख बुद्धनारायण शाहनी, उद्योग वाणिज्य संघ बुटवल अध्यक्ष खिमबहादुर हमाललगायतले गणतन्त्र स्थापनाका लागि राजनीतिक दलसँगै नागरिक समाजले खेलेको भूमिकाबारे चर्चा गरेका थिए । रासस