शान्तिपूर्ण, सुशासित र समृद्ध राष्ट्र निर्माणमा जुट्न प्रदेश नं ५ का मुख्यमन्त्रीको आग्रह « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

शान्तिपूर्ण, सुशासित र समृद्ध राष्ट्र निर्माणमा जुट्न प्रदेश नं ५ का मुख्यमन्त्रीको आग्रह


१५ जेष्ठ २०७५, मंगलबार


बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुख्यमन्त्री शंकर पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्रका माध्यमबाट दिगो शान्ति, सुशासित र समृद्ध राष्ट्र निर्माणमा सबै नेपाली एक जुट भई अघि बढ्नुपर्ने बताताए ।

एघारौँ गणतन्त्र दिवसका अवसरमा प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यमा प्रदेश नं ५ को अस्थायी केन्द्र बुटवलमा आयोजित मूल समारोहमा मुख्यमन्त्री पोखरेलले आगामी आर्थिक वर्षदेखि प्रदेश र स्थानीय तहका सरकार राम्रोसँग सञ्चालन हुने बलियो आधार तयार हुने बताउँदै भने, “हामी हाम्रा प्रयासलाई त्यस दिशातर्फ अघि बढाउन कृत संकल्पित छौँ ।”

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अंग्रेजलाई हराएको ऐतिहासिक जीतगढी किल्ला बुटवलसहित प्रदेश र देशलाई समृद्ध बनाउन सबै एक जुट हुनुपर्ने बताए ।

यसअघि गणतन्त्र दिवसका अवसरमा आज बिहान बुटवलको बसपार्कदेखि बुटवलमण्डपस्थित गणतन्त्र पार्कसम्म भएको प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, उद्योगी व्यवसायीलगायतको सहभागिता थियो । आजै विभिन्न संस्थाले रक्तदान, अस्पतालका बिरामीलाई फलफूल वितरण तथा मैत्रीपूर्ण खेलसमेत आयोजना गरेका छन् । प्रदेश नं ५ को सरकारले आज प्रदेश नं ५ का १२ जिल्लामा सार्वजनिक बिदा दिएकोछ । रासस

प्रतिक्रिया दिनुहोस