गणतन्त्र नेपाली जनताको विजयको प्रतीक : प्रधानमन्त्री ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गणतन्त्र नेपाली जनताको विजयको प्रतीक : प्रधानमन्त्री ओली


१५ जेष्ठ २०७५, मंगलबार


संविधान दिवस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली जनताको विजयको प्रतीक भएको बताए ।

गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै हामीले मनाइरहेको विजयोत्सव सम्पूर्ण नेपालीको उत्सव भएको उल्लेख गर्दै भने, हाम्रो गणतन्त्र नेपाल र नेपालीका लागि सर्वजन हितायः सर्वजन सुखायः’ व्यवस्था हो ।”

प्रधानमन्त्री ओलीले दुनियाँमा लोकतन्त्रका मूल्य मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासनसत्ता सञ्चालन गर्ने अद्वितीय विधिको स्मरण पनि गरे ।

विकास, समृद्धि, सुशासन एवं स्थिरता गन्तव्य तथा गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्धको कार्य प्रमुख अभियान रहेको बताए । सुशासन र विकास आजको प्राथमिकता हो । यसका लागि आज असान्दर्भिक भएका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने छन्, प्रधानमन्त्रीले भने ।

सुशासन र विकासको प्रतिबद्धतासहित संसद्बाट सर्वसम्मतिले सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । छिमेकी र अन्य मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ भएको छ । राष्ट्रिय आकांक्षा र आवश्यकता पूरा गर्न, स्रोत साधन, सामथ्र्यको प्रयोग गर्न र सहकार्य अघि बढाउन थप अनुकूलता मिलेको प्रधानमन्त्रीले प्रस्ट पारे ।

प्रधानमन्त्री ओलीले यस बेला मूल राष्ट्रिय भावमा आफुलाई समाहित नगरी पुराना, अनुचित र असान्दर्भिक सोचहरुका साथ अशान्ति र अस्थिरताको पक्षपोषण जस्ता क्रियाकलाप कदापि नहुने बताए ।

उनले रोजगारीको अवसर सिर्जना, उत्पादन वृद्धि रआत्मनिर्भरतामा जोड दिइने बताए । जनताको कष्ट हटाउनेतिर परिलक्षित विकासका आयोजना ल्याइने र अतिविपन्न, वृद्ध, बालबालिका, अपाङ्गता, अशक्त र गर्भवतीलाई प्राथमिकतामा राख्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस