गणतन्त्र दिवस मनाइयो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गणतन्त्र दिवस मनाइयो


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । मुलुकलाई ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ घोषणा गरिएको ११ वर्ष पुगेको अवसरमा आज गणतन्त्र दिवस मनाइएको छ । सरकारले राजधानीको टुँडिखेलमा आयोजना गरेका कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए । समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदहरूप्रति एक मिनेट मौनधारण गरियो ।

समारोहमा विभिन्न कला संस्कृति, वेशभूषा र पहिचान झल्कने झाँकीहरू प्रस्तुत गरिएका थिए ।

२०६५ जेठ १५ गते बसेको संसदको पहिलो बैठकले नेपाललाई ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ मुलुक घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई ‘गणतन्त्र दिवस’ मनाइँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस