२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवारका सडकमै छैन जेब्राक्रसिङ

अ+ अ-

काठमाडौं । मानिसको चाप बढी हुने सडकमा जेब्राक्रसिङ बनाउनुपर्ने प्रावधान छ । तर, दैनिक हजारौं व्यक्तिको ओहोरदोहोर हुने देशको मुख्य प्रशासनिक अड्डा सिंहदरवारको दक्षिणी गेट लगाएत सिंहदरवार प्रवेश गर्ने अन्य गेटहरुमा जेब्राक्रसिङ नै बनाइएको छैन । जसका कारण पैदलयात्री दुर्घटनाको जोखिममा छन् ।

सडकमा जेब्राक्रसिङ बनाउनुको मुख्य उद्देश्य हो, पैदलयात्रीहरूलाई बाटो काट्न सहज बनाउनु । तर, सरोकारवालाले निकायले यसतर्फ चासो नदिएको पैदलयात्रीको गुनासो छ ।

जेब्राक्रसिङ नहुँदा बाटो काट्न समस्या हुने गरेको पैदलयात्री बताउँछन् । ‘सिंहदरवारको मुख्य गेटमा नै जेब्राक्रसिङ नै छैन,’ सिंहदरवारभित्र जानका लागि दक्षिणी गेटमा सडक क्रस गर्न कुरेका एक वृद्ध भन्छन्, ‘त्यसैले जता पायो त्यहीँबाट बाटो काट्नुपर्ने बाध्यता छ, यसले दुर्घटनाको जोखिम बढाएको छ ।’

उनका अनुसार चालकले बाटै हेर्दैनन्, कोही मोबाइलमा कुरा गरेर हिँडिरहेका हुन्छन् त कोही दायाबायाँ हेर्दै चलाइरहेका हुन्छन्, पैदल यात्रु देखिहाले पनि झन् जोडले हुत्याउँछ । ‘चालकले हुक्याएर सवारी चलाउने भएकाले कतिखेर दुर्घटना होला भन्ने डर भइरहन्छ,’ उनी भन्छन् ।

सिंहदरवारभित्र परिसरका सडक पैदलयात्रीमैत्रि नभएको एक कर्मचारी बताउँछन् । उनले भने, ‘सिंहदरवारभित्र पस्ने सबैका गाडी हुँदैनन्, सार्वजनिक यातायात तथा अरुसँग लिफ्ट मागेर आउनेहरूले वारिपट्टि झरेर रोड क्रस गर्नुपर्ने बाध्यता छ ।’ दक्षिणी गेट मात्रै होइन, अन्य दुई गेटबाट समेत कर्मचारी प्रवेश गर्छन् । तिनिहरूमा समेत जेब्राक्रसिङ छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तका अनुसार ट्राफिक प्रहरीले जेब्राक्रसिङ राख्ने स्थानबारे सडक विभागलाई सिफारिस गर्ने र सडकमा जेब्राक्रसिङ राख्ने जिम्मेवारी सडक विभागको बताउँछन् ।

सडक विभागका प्रवक्ता मुक्तिनाथ गौतम सिंहदरवारको दक्षिणी गेटमा बनाइएको जेब्राक्रसिङ मेटिएको दाबी गर्छन् । ‘पहिले गरेको मेटियो होला । अहिले लगाउन नभ्याएको हुन सक्छ,’ उनले भने ।

उनी सिंहदरवारको दक्षिणी गेटस्थित सडकमा जेब्राक्रसिङ आवश्यक भएको औंल्याउँछन् । ‘यी क्षेत्रमा तत्काल जेब्राक्रसिङ बनाउन लगाउँछु,’ उनले भने ।

प्रधानमन्त्री, मुख्यसचिवलगायत नीति निर्माताहरूको कार्यालय रहेको सिंहदरवार प्रवेशद्वारहरु मै जेब्राक्रसिङ नहुनु लज्जास्पद होइन र ?

प्रतिक्रिया दिनुहोस