जेठभित्रै कर्मचारी व्यवस्थापन गर्ने तयारीमा छौं – मन्त्री पण्डित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जेठभित्रै कर्मचारी व्यवस्थापन गर्ने तयारीमा छौं – मन्त्री पण्डित


१२ जेष्ठ २०७५, शनिबार


कर्मचारी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जेठ महिनाभित्रै तीनै तहमा कर्मचारी व्यवस्थापन गरी सक्ने तयारीमा सरकार रहेको बताएका छन् ।

शनिबार राजधानिमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले स्थानीय, प्रदेश र केन्द्रमा कर्मचारीको उचित व्यवस्थापनका लागि सरकारले ९० प्रतिशत काम सम्पन्न गरिसकेको बताए । उनले ९० प्रतिशत काम सकिएकाले अब छिट्टै कर्मचारी व्यवस्थापन हुन्छ ।

उनले सरकारबारे नकारात्मक टिप्पणी नगर्न पनि आग्रह गरेका छन् । संघीयताको व्यवस्थापनका लागि काम गरिरहँदा पनि सरकारलाई संघीयता विरोधी भनि आरोप लगाइएको भन्दै आपत्ति जनाएका हुन् ।

मन्त्री पण्डितले सरकारले संघीयताको व्यवस्थापनका लागि असार महिनाभित्र प्रशासनिक संक्रमणकाल अन्त्य गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस