अछाम । अछामको साँफेबगर विमानस्थलको परीक्षण उडान सफल भएको छ ।
समिट एयरको लेट विमानले उक्त विमानस्थल परीक्षण गरेको हो ।
०५८ फागुन ४ मा तत्कालीन नेकपा माओवादीको साँफेबगर आक्रमणपछि विमानस्थलको टावर ध्वस्त हुँदा विमानस्थल बन्द थियो ।
सफल परीक्षणसँगै साँफेबगर विमानस्थलमा हवाइजहाज नियमित सञ्चालनको तयारी भइरहेको मेयर कुलबहादुर कुँवरको भनाइ छ ।
०३१ सालबाट साँफेबगर एयरपोर्टमा हवाइजहाज चल्न थालेको थियो ।
२५ वर्षअघि निर्माण सुरु गरिएको अछामको कमलबजार विमानस्थलको निर्माण कार्य भने पूरा नभइ बन्द भएको छ ।