आवासीय बन्दै मनाङका विद्यालय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आवासीय बन्दै मनाङका विद्यालय


१० जेष्ठ २०७५, बिहिबार


School

मनाङ । मनाङका विद्यालय आवासीय बन्दै छन् ।

विद्यार्थीको उपस्थिति कम हुने र स्थानीय भन्दा बाहिरी विद्यार्थीले विद्यालय धान्नुपर्ने भएकाले आवासीय बनाउन आवश्यक रहेको लोकप्रिय माविका प्रधानाध्यापक सुरेश थापाले बताए।

हिमाली जिल्ला भएकाले विद्यालयमा विद्यार्थीको संख्या कम हुनु र भौगोलिक विकटताले विद्यार्थीलाई विद्यालयसम्म आउन जान समस्या भएकाले आवासीय विद्यालयको आवश्यकता रहेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बताए ।

चामे गाउँपालिका अन्तर्गत रहेको लोकप्रिय मावि आवाशीय विद्यालय भइ सकेको छ ।

अरु तीन विद्यालय निस्याङ गाउँपालिकाअन्तर्गत रहेको अन्नपूर्ण मावि नाँसो गाउँपालिकाअन्तर्गत रहेका प्रकाश ज्योति र भनु मावि तयारीमा रहेको शिक्षा समन्वय एकाइले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस