उपचारका लागि मन्त्री यादव थाइल्याण्ड जाँदै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

उपचारका लागि मन्त्री यादव थाइल्याण्ड जाँदै


६ जेष्ठ २०७५, आइतबार


काठमाडौं । उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ ।

चिकित्सकको सल्लाहअनुसार उनलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए । आज अपराह्न १३.३० बजे उनी थाई एयरको जहाजबाट त्यसतर्फ जाँदै छन् ।

लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मरमुनिको भाग नचल्ने भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन पहिले उनलाई भेटी सम्भव भएसम्म स्वदेश र नभए विदेशमा उपचारको प्रबन्ध गरिने बताए थियो । रासस

प्रतिक्रिया दिनुहोस