मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु « प्रशासन
prasaLogo
१८ श्रावण २०७८, सोमबार
   

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु


६ जेष्ठ २०७५, आइतबार


नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु३७प १५७० नं को मोटरसाइकल दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु१०प ४४३५ नंको मोटरसाइकल सशस्त्र प्रहरी सीमा सुरक्षा तालीम विद्यालय नजिकै एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बर्दघाट–१६ का २१ वर्षीय सन्तोष न्यौपाने, बर्दघाट १४का १९ वर्षीय आशिष जिसी र बर्दघाट–१६ बस्ने ३० वर्षीय अजितसिंह ठकुरी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस