१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बगरको उत्पादन, राजमार्गको व्यापार

अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वनहरा मुक्त कमैया शिविरकी विमल रानाको दैनिकी अचेल पूर्व–पश्चिम राजमार्गको वनहरा पुल नजिकै खरभुजा र काँक्रा बिक्रीमै बित्छ ।

एसइई परीक्षा दिएर केही समय फुर्सदिला बनेका १६ वर्षीय राना वनहरा नदीको बगरमा उत्पादन गरिएको तरकारी बिक्री वितरण गर्दै आएकी छन् ।

बुबा र दाइले कडा परिश्रम गरी बगरमा फलाएको खरभुजा, काँक्रा र लौका राजमार्ग छेउमा राखेर बिक्री गरिरहेको रानाले दैनिक तीन क्विन्टल तरकारी बिक्री हुने गरेको बताउछिन् । ‘दुई दिन अघिसम्म दैनिक पाँच हजारसम्मको बिक्री भयो,’ उनले भनिन्, ‘अहिले खपत अलि कम छ ।’

राजमार्गमा यात्रा गर्ने नागरिकले बस, ट्रक, मोटरसाइकल र साइकल रोकेर खरभुजा र काँक्रा खरिद गर्ने गरेका छन् । उनीहरु बिक्रीका लागि फड् राखेर बस्दैआएका छन् । उनले भनिन्, ‘यहाँको कमाइले घर खर्च र पढाइ खर्च चलेको छ ।’ दशकौँदेखि किसानले बगरखेती गर्दै आएका छन् ।

यस्तै, वनहरा शिविरका बिरा राना अचेल बगरमा लगाएको नगदेबाली बिक्रीमै व्यस्त हुन्छन् । छोराछोरीसमेत बिक्रीमा सघाइरहेको बताउँदै उनले गत चैत महिनायता ५० हजार आम्दानी भएको बताइन् । ‘अहिले बिक्री अलिकति कम छ,’ रानाले भनिन्, ‘बगरमा १५ हजार जति लगानी गरेको हुँ ।’

राजमार्ग छेउमै फड् राखेर व्यापार गर्दै आउनुभएका राना अन्य मौसममा भने डकर्मीको काममा व्यस्त हुने गरेका छन् । दैनिक दुई हजारभन्दा बढीको बिक्री हुने गरेको र बगरको कमाइले बालबालिकाको लालनपालनदेखि घरको नून तेलसम्मको खर्च धानेको रानाको भनाइ छ ।

बगर खेतीका लागि जिल्ला कृषि विकास, रेडक्रस र नगरपालिकाबाट पनि सहयोग पाएको रानाले बताइन् । ‘कृष्णपुर नगरपालिकाले यहाँका बगरखेती गर्ने किसानलाई सगोलमा एक लाखबराबरको मलखाद दिएको थियो ।’ रानाले भनिन्, ‘कृषि र रेडक्रसले बीउबिजनको सहयोग गरेका थिए ।’

आफू राजमार्ग छेउमा व्यापारका लागि आउनुअघि तरकारी गाउँ गाउँ पुगेर बिक्री गर्ने गरेको रानाले बताइन् । ‘उत्पादित वस्तुको खपतका लागि बजारको समस्या छैन,’ उनले भनिन्, ‘यहाँको तरकारी काठमाडौँसम्म बिक्री हुन्छ ।’

तीन महिनादेखि पूर्व–पश्चिम राजमार्गको बेदकोट नगरपालिकास्थित चौधर नदी छेउमा सञ्जिता चौधरी तरकारी बिक्री गर्दै आएकी छन् । बेदकोट नगरपालिका–१० हरपालकी चौधरीले दैनिक तीन हजारसम्मको तरकारी, खरभुजा र काँक्रा बिक्री गर्छन् । ‘यात्रुहरु नै हाम्रा ग्राहक हुन्,’ चौधरीले भनिन्, ‘बगरबाट थोकमा ल्याएर राजमार्ग छेउमा बसेर फुटकरमा बिक्री गर्छु ।’ उनले हालसम्मको कमाइमध्ये ३० हजार बैंकमा जम्मा गरेको बताइन् ।

‘घर खर्च पनि यही व्यापारबाट चलेको छ ।’ उनले भनिन्, ‘श्रीमान् स्थानीय लालपुर बजारमा मजदूरी गर्छन् ।’

प्रतिक्रिया दिनुहोस