२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राध्यापक झा नागरिक दूत नियुक्त

अ+ अ-

काठमाडौं । चीनको सान्सी प्रान्तले नेपाली प्राध्यापक डा. राजिवकुमार झालाई नागरिक दूत नियुक्त गरेको छ ।

नेपालको आर्थिक, सामाजिक, साँस्कृतिक लगायत क्षेत्रमा सहकार्य र सम्बन्ध विकास गरी चीन नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन झालाई नागरिक दूत नियुक्त गरिएको हो ।

चीनको सान्सी प्रान्तको सियान सहरमा अवस्थित सियान मेडिकल विश्वविद्यालयमा प्राध्यापनरत प्रा.डा. झालाई सियान प्रान्तीय सरकारको विदेशमामिला सम्बन्धी कार्यालयमार्फत यही मे १६ मा नियुक्त गरिएको हो । चीनको कुनै पनि प्रान्तीय सरकारले त्यहाँ लामो समय बसेर विभिन्न क्षेत्रमा विशिष्ठता हासिल गरेका र अन्य देशसँगको सम्बन्ध विकासमा उल्लेखनीय योगदान पु-याउने विदेशी नागरिकलाई ‘नागरिक दूत’ का रुपमा नियुक्त गर्ने गर्दछ ।

प्रा. डा. झाले उक्त पदमा नियुक्त भएसँगै आफूले सान्सी प्रान्तको सियान नगरपालिका र नेपालको बुटवल उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि गरेको प्रस्ताव उक्त प्रान्तको सरकारले स्वीकृत गरेको जानकारी दिए । गतवर्ष झालाई सियान प्रान्तले चिनियाँ बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा नियुक्त गरेको थियो । यस सम्बन्धपछि सियानस्थित ‘सियान युनिभर्सिटी अफ आर्ट एण्ड साइन्स’ ले बुटवल उपमहानगरपालिकाभित्र पर्ने कुनै विश्वविद्यालयसँग मिलेर ‘कन्फ्यूसियस इन्स्टिच्युट’ स्थापना गर्ने र यसमार्फत दुई नगरबीच शिक्षाको क्षेत्रमा सहकार्य र सहयोगको योजना बनाइएको पनि प्राडा झाले जानकारी दिए ।

“सियान नगरपालिका र सियान मेडिकल विश्वविद्यालयको उच्चस्तरीय प्रतिनिधिमण्डल बुटवलको भ्रमणमा जान लागेको छ,” प्रा.डा. झाले भने।

यसअघि गतवर्ष मात्र प्राडा झालाई सियान प्रान्तले नै चिनियाँ एक बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा नियुक्त गरेको थियो । चिनियाँ राष्ट्रपति सि चिनफिङको गृह नगर समेत रहेको सियान चीनको पुरानो ‘सिल्क रोड’ अवधारणाको उत्पत्ति भएको सहर पनि हो । पुरानो ‘सिल्क रोड’ अवधारणा नै चीनको वर्तमान वान वेल्ट वान रोड बृहत आयोजनाको आधुनिक रुप हो ।

पित्तथैलीको क्यान्सर रोगको प्रकोप कमगर्ने विषयमा चिनियाँ विश्वविद्यालबाट विद्यावारिधी र त्यसपछि विद्या बाचस्पति (पोस्ट डक) पूरा गरी चिनियाँ विश्वविद्यालयमा प्राध्यापनरत प्रा.डा. झाको नाममा सियान प्रान्तीय सरकारले चारवर्ष अघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिव कुमार झा’ स्थापना गरेको छ ।

सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा हाल क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदान प्रदान हुनेगर्छ । प्रा.डा. झा हाल चीनका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर पनि छन् । रासस