गाउँपालिकाका अधिकृतमाथि हातपात « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गाउँपालिकाका अधिकृतमाथि हातपात


३ जेष्ठ २०७५, बिहिबार


हुम्ला । सिमीकोट गाउँपालिकाका अधिकृत अर्जुन दर्जीमाथि आज स्थानीयवासीले हातपात गरेका छन् ।

बाटो निर्माणका क्रममा विनियोजित बजेटले नपुगेपछि थप बजेटको माग गर्दै गाउँपालिका पुगेका वडा नंं ४ का बासिन्दाले आज दर्जीमाथि हातपात गरे । उनीहरुले बजेट माग गर्दा अधिकृत दर्जीले बजेट थप्न नसकिने बताएपछि आक्रोशित भई स्थानीयवासीले उनीमाथि हातपात गरेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस