अनेरास्ववियु भोलिका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित « प्रशासन
prasaLogo
२० श्रावण २०७८, बुधबार
   

अनेरास्ववियु भोलिका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित


३ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । यही जेठ ४ र ५ गते हुने भनिएको अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

आज हुन लागेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकताको कारण बैठक स्थगित गरिएको अध्यक्ष नविना लामाद्वारा आज जारीे विज्ञप्तिमा उल्लेख छ ।

मुलुकमा भएको सकारात्मक राजनीतिक परिवर्तका कारण आजबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन गइरहेको पार्टी एकताको एतिहासिक अभियानलाई संगठनले स्वागत गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस