२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवारमै ‘नो पार्किङ’को बेवास्ता, ट्राफिक प्रहरीलाई ‘जागिर खाइदिने’ धम्की

अ+ अ-

सिंहदरवार । सिंहदरवारभित्र ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीले सवारी चालकबाट ‘जागिर खाइदिने’ धम्की सहनुपरेको गुनासो गरेका छन् । पार्किङ व्यवस्थापनका क्रममा सवारी चालकले धम्की दिएको उनीहरूले दुखेसो पोखे ।

‘सडक पेटीमा नराख्नुस् न हजुर भन्दा उल्टै जागिर खाई दिउँ, कसलाई भनेको भनेर थर्काउँछन्,’ सिंहदरवारमा ट्राफिक व्यवस्थापनका लागि खटिएका एक प्रहरी जवानले दुखेसो पोखे, ‘हामी त सानो तहको मान्छे, यसो भनेपछि कसरी के भन्नु ।’

आफ्नो जिम्मेवारी निर्वाह गर्न खोजेकै कारण उल्टो हप्काइ खानु पर्दा थप तनाव हुने गरेको अर्का प्रहरीको दुखेसो छ । ‘ठुल्ठूला हाकिमहरूले नै नो पार्किङ लेखेको बोर्ड अगाडि गाडी रोकिदिन्छन्, अनि सम्झाउन गयो भने खाऔलाझैं गर्छन्,’ ती प्रहरीले भने ।

अझै अटेरी
सिंहदरवारको पार्किङ व्यवस्थित गर्न शासक र तिनका सवारी चालकले अटेरी गरिरहेको ट्राफिक प्रहरी बताउँछन् । उनीहरूले सडक पेटी तथा आवागमनमै अवरोध हुने गरी पार्किङ गर्ने गरेको ट्राफिक प्रहरी बताउँछन् । मन्त्रीकै गाडी पनि सडकपेटीमा पार्किङ गरिने उनीहरूको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी मुकुन्द मरासिनीले कानुन कार्यान्वयन गर्ने सन्दर्भमा कसैको धम्कीले पनि नडगमगाउने बताए । ‘राज्यकोे नीति निर्देशनमा रही कानुन कार्यान्वयन गराउने सन्दर्भमा कसैले धम्कीबाट हामी हामी आफ्नो कर्तव्यमा चुक्दैनौं, झुक्दैनौं । यो सिमाभित्र रहेर हामीले कानुनलाई अक्षरस पालना गराउँछौं,’ उनले भने ।

सिंहदरबारभित्रको ट्राफिक व्यवस्थापन गराउने आजै ट्राफिक प्रहरीका निमित्त प्रमुख निरीक्षण गर्न गएको उनले बताए ।

कसका गाडी कहाँ राख्ने भन्नेबारे केही दिनअघि बनाएको खाकालाई कार्यान्वयन गर्दै जाने र दीर्घकालीन समाधानको उपायका लागि पनि प्रयास जारी रहेको डिएसपी मरासिनीको भनाइ छ ।

ट्राफिक प्रहरीलाई दिइएको धम्कीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोद कुँवरले भने, ‘जत्रोसुकै ठूलो पदको व्यक्तिको गाडी चलाए पनि ट्राफिक नियम मान्नुपर्छ, फुटपाथलाई फुटपाथकै रूपमा प्रयोग गर्नुपर्छ, अटेरी गर्नेलाई कानुनबमोजिम कारबाही गर्नुपर्छ ।’

यसअघि सिंहदरवारको पार्किङबारे प्रशासन डट कमले निरन्तर समाचार प्रकाशन गरेपछि यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो देखाएको थियो । कार्यालयले सिंहदरवारका सबै निकायलाई पत्रमार्फत् पार्किङ व्यवस्थित गराउन निर्देशन समेत दिएको थियो ।

त्यसपछि पनि यहाँको पार्किङ व्यवस्थित हुन नसकेपछि यस क्षेत्रमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा करिब आधा दर्जन ट्राफिक प्रहरी खटिएका थिए ।

मुलुकको प्रमुख प्रशासनिक निकाय मानिएको सिंहदरवारमै पार्किङ व्यवस्थित हुन नसक्नु लाजमर्दाे कुरा हो । यसले शासकको कार्यक्षमतामा पनि प्रश्न उठाउँछ । तसर्थ यसतर्फ पनि सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस