२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरपालिका सञ्चालनार्थ कानून तर्जुमा

अ+ अ-

नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाले विभिन्न आठवटा कानून तर्जुमा गरेको छ ।

नगरपालिका सञ्चालनार्थ तत्काल आवश्यक आठवटा ऐन नियम तर्जुमा गरिएको मध्यबिन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईले जानकारी दिए ।

तर्जुमा भएका ऐन नियममा नगरसभा सञ्चालन कार्यविधि, आर्थिक संशोधन विधेयक, विनियोजन संशोधन विधेयक, प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक, सहकारी विधेयक, नगरपालिकाको स्थानीय कृषि व्यवसाय प्रवद्र्धन विधेयक, आर्थिक कार्यविधि विधेयक, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

तयार गरिएको विभिन्न आठवटा विधेयकलाई राजपत्रमा प्रकाशित गरेपछि लागू हुने छन् । त्यसैगरी उपप्रमुख ओमकुमारीको संयोजकत्वमा रहेको न्यायिक समितिले समेत पूर्णता पाएको छ ।

चालू आर्थिक वर्षको लागि प्रथम नगरसभाले चालू खर्चतर्फ १८ करोड ६९ लाख ८७ हजार र पूँजीगत खर्चतर्फ २८ करोड ६७ लाख ४६ हजार गरी जम्मा ४७ करोड ३७ लाख ३३ हजार विनियोजन गरेकोमा दोस्रो नगरसभाले चालू खर्चतर्फ १८ करोड ७५ लाख तीन हजार ७००, पूँजीगततर्फ ३० करोड १९ लाख ४५ हजार २८७ गरी जम्मा ४८ करोड ९४ लाख ४८ हजार ९८७ बराबरको संशोधित बजेट तथा कार्यक्रम नगरसभाले स्वीकृत गरिएको जनाइएको छ ।

चालू आर्थिक वर्षमा मध्यबिन्दु नगरपालिकामा सञ्चालित ५३९ वटा योजना तथा कार्यक्रममध्ये अहिलेसम्म १०३ वटा योजना सम्पन्न भइसकेको प्रमुख चन्द्रबहादुर रानाले जानकारी दिए ।

हालसम्म पूँजीगततर्फ ३६.५ प्रतिशत र चालूतर्फ ७४ प्रतिशत गरी सम्मा ५५ प्रतिशत वित्तीय प्रगति भएको प्रमुख रानाले बताए । मध्यबिन्दु नगरपालिकाले चालू आवको कूल राजस्व अनुमान  एक करोड ५० लाखमध्ये ६५ प्रतिशत राजस्व संकलन भएको मध्यबिन्दु नगरपालिकाका लेखा प्रमुख सूर्य गौतमले जानकारी दिए ।

मध्यबिन्दु नगरपालिकाले एक वर्षभित्र लिएको लक्ष्य पूरा गर्न अझै पनि कानूनी अस्पष्टता, कर्मचारी अभाव र अव्यवस्थित बसोबास मुख्य समस्या रहेको नगर प्रमुख रानाले बताए। रासस