महानगरले १२ करोडका बु्रमर किन्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महानगरले १२ करोडका बु्रमर किन्दै


१ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकको धुलो सफा गर्न पाँच बु्रमर खरिद गर्ने भएको छ । महानगरले १२ करोड रूपैयाँमा बु्रमर किन्न लागेको हो ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार बु्रमर खरिद जनप्रतिनिधिको पहिलो प्राथमिकतामा थियो । बु्रमर खरिदका लागि बोलपत्र आह्वान गरिएकोमा सात कम्पनीले बोलपत्र पेश गरेका छन् । बोलपत्र छनोटका लािग रविनमान श्रेष्ठको संयोजकत्वमा बोलपत्र मूल्यांकन उपसमिति गठन गरिएको छ ।

हाल महानगरमा कुचोले बढारेर र ट्यांकरको पानीले सडक सफा गर्ने गरिएको छ । महानगरले बागदरबार, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज र भद्रकाली आसपासबाट एक हजार ६ सय टन धुलो र फोहर संकलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस