संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको छ : परराष्ट्र मन्त्री ज्ञवाली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको छ : परराष्ट्र मन्त्री ज्ञवाली


३१ बैशाख २०७५, सोमबार


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको बताए ।

उनले भने, ‘राष्ट्रिय हितलाई ध्यानमा राखी नेपालको परराष्ट्र नीति अगाडि बढ्छ, नेपालको आन्तरिक विषय द्विपक्षीय छलफलको विषय हुन सक्दैन ।’

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै भारतीय प्रधानमन्त्रीको नेपाल राजकीय भ्रमणले नेपाल र भारतबीचमा थप विश्वासको आधार तयार गरेको छ भने ।

उनले विगतका विभिन्न प्रतिबद्धता हुने कार्यान्वयन सुस्त हुने परम्परालाई यस पटकको भ्रमणले अन्त्य गरेको चर्चा गर्दै समयबद्ध कार्यान्वयनमा यस पटकको सहमति भएको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले प्रदेश नं २ का मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्रीका भ्रमणका क्रममा दिनुभएको अभिव्यक्ति खेदजनक रहेको बातए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीका बीचमा भएका कुराकानी विषयलाई विवादको विषय नबनाउन, भ्रमणका क्रममा सुरक्षाका विषयलाई विवादमा नतान्न आग्रहसमेत गरे ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–भारतबीचको सम्बन्ध २१औँ शताब्दी अनुकूल बनाउने, सीमालाई अझ व्यवस्थित, पञ्चेश्वर जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस