प्रधानमन्त्रीद्वारा सांसद लामिछानेको स्वास्थ्यलाभको कामना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीद्वारा सांसद लामिछानेको स्वास्थ्यलाभको कामना


३१ बैशाख २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सांसद हरिशरण लामिछानेको स्वास्थ्य लाभको कामना गरेका छन् । राजधानीको सिनामंगलस्थित केएमसी अस्पताल पुगेर प्रधानमन्त्री ओलीले सांसद लामिछानेको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

भक्तपुर क्षेत्र नम्बर २ (ख) का सांसद लामिछानेको रक्तचाप हिजो दिउँसो अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओलीले सांसद लामिछानेको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरूलाई निर्देशन दिएका छन् । सांसद लामिछानेको स्वास्थ्य लाभको कामना गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन पनि प्रधानमन्त्रीसँगै अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस