केटीले नै मन्जुर नगरेपछि बालविवाह रोकियो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

केटीले नै मन्जुर नगरेपछि बालविवाह रोकियो


३१ बैशाख २०७५, सोमबार


महोत्तरी । महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ ।

जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै विवाह मन्जुर नगरेपछि प्रहरीको सहयोगमा सो विवाह रोकिएको हो ।

जलेश्वर नगरपालिका–९ परिकौलीका २७ वर्षीय गणेश चौधरी कलवारको महोत्तरी गाउँपालिका–४ की १७ वर्षीया रागनीकुमारी चौधरीसँग हुन लागेको सो बालविवाह रोकिएको हो । जिल्ला प्रहरी कार्यालय

महोत्तरीले दिएको जानकारीअनुसार दुलही रागिनीले नै सो विवाह अस्वीकार गरेको सूचना प्राप्त भएपछि तत्काल प्रहरीको टोलीले सो विवाह रोकेको हो ।

उक्त बालविवाह रोका गरी दुलाहा र दुलहीलाई अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक कुवेरसिंह कडायतले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस