२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सय वर्षमा शताब्दी पुरुष जोशी

अ+ अ-

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गरेका छन् ।

वि.सं. १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा उनको जन्म भएको हो । तीन पटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्ति संस्कृतिविद् जोशी हुन् ।

जोशीले वि.सं. २०१३ मा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ कृतिका लागि मदन पुरस्कार पाएका थिए । ‘नेपाली राष्ट्रिय मुद्रा’ का लागि वि.सं. २०१७ तथा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि २०२८ सालमा संयुक्त रुपमा जोशीलाई मदन पुरस्कार दिइएको थियो ।

वि.सं. २०१५ मा जोशी पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक बने । जोशीले २०१६ सालमा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मका मुद्राका विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशन गरे । भाषा, कला, संस्कृतिको संरक्षण, संबद्र्धन र विकासमा उनले महत्वपूर्ण योगदान पु¥याएका छन् । जोशीको योगदानको कदर गर्दै सुप्रवल गोरखा दक्षिणबाहु, विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्तलगायत पुरस्कार र सम्मान प्रदान गरिएको छ ।

काठमाडौं विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधिको सम्मानसमेत प्रदान गरेको छ । नेपाल सरकारले उज्ज्वल कीर्तिमान राष्ट्रदीप र शताब्दी पुरुषको सम्मान दिएको छ । जोशीले संस्कृतिको क्षेत्रमा पु¥याएको योगदान स्मरण गर्दै आज बिहानैदेखि उनको निवास पाटन पुगेर सम्मान गर्नेको भीड लाग्यो । जोशीको घरमा पुग्नेले सुस्वास्थ्य, दीर्घायु र सांस्कृतिक क्षेत्रमा अझै धेरै ज्ञान र अनुभव बाँड्न सक्ने शक्ति मिलोस् भन्ने कामना गरेका थिए ।

जोशीको योगदानको कदर गर्दै यसै वर्ष ललितपुर महानगरपालिकाले उनलाई चालकसहितको सवारी साधनको सुविधासमेत उपलब्ध गराएको छ । रासस

प्रतिक्रिया दिनुहोस