विप्लब मोचन सबाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विप्लब मोचन सबाई


३० बैशाख २०७५, आइतबार


स्कुल कलेज सबै बन्द, बन्द उद्योग धन्दा ।
बिप्लव दाइको पर्व अरे आज नेपाल बन्द ।।
दिनभर विध्वंश रे ! साँझ भोज हुन्छ ।
गरीबको चुलो चौको सधैं बन्द हुन्छ ।।

नेपालीको मुहार फेर्ने योजना रे यिनको !
प्रभुजीको आदेश बिना भाच्दैनन् रे सिन्को ।।
आगलागी तोडफोड जति टायर बल्छन् !
रिमोट यिनको हातमा साँचो अन्तैबाट चल्छन् ।।

कस्तो रीति बसाएछन् राजनीतिको यिनले !
देश डुबेर कंगाल भयो बिदेशीको रिनले ।।
टायर बाली बाटो घाटो हिँड्नै डर लाग्ने ।
क‌ैलेसम्म विप्लब दाइको भूत यहाँ जाग्ने ।।

देशै भरी वनझाँक्री झैं विप्लब जाग्न थाले ।
यो देशबाट यसै कारण युवा भाग्न थाले ।।
देशलाई निको पारौं यिनलाई पन्साएर ।
दोबाटोमा यिनको भूत फालौं मन्साएर ।।

Tags :
प्रतिक्रिया दिनुहोस