मोदीको भ्रमण नेपालका लागि उपलब्धीपूर्ण : ओली « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मोदीको भ्रमण नेपालका लागि उपलब्धीपूर्ण : ओली


३० बैशाख २०७५, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धीपूर्ण भएको बताएका छन् ।

तीन वर्षअघि तनावपूर्ण रहेको नेपाल–भारत सम्बन्ध नयाँ स्तरमा प्रवेश गरेको र बराबरीको हैसियतमा अगाडि लैजाने वातावरण बनेको उनले बताए ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रियताप्रति देखाएको सजगताका लागि सम्पूर्ण जनतालाई धन्यवाद दिए ।

नेपाल आफ्नो आवश्यकता र प्राथमिकताका आधारमा अघि बढ्दा भारतले चित्त नदुखाउने बरु सघाउने अवस्था आएको बताए । ‘हामीले लगातार भन्दै आयौं, सम्बन्ध दुई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको

हैसियतमा हुन्छ, हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा सम्बन्ध र व्यवहार गर्छौं’ उनले भने, ‘मलाई खुसी लागेको छ, यसपल्ट प्रधानमन्त्री मोदीका अभिव्यक्तिहरुमा हाम्रा अखण्डता र सार्वभौमसत्ताको प्रश्न, हाम्रा आवश्यकता र प्राथमिकता अनुसार हामी अगाडि बढेकोमा आफ्नो चित्त नदुख्ने र त्यसमा सहयोग गर्ने खुलस्त प्रकट भएको छ ।’

प्रतिक्रिया दिनुहोस