नेपाली सेनाद्वारा बम निष्क्रिय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली सेनाद्वारा बम निष्क्रिय


३० बैशाख २०७५, आइतबार


दमौली । तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

प्रेसर कुकरभित्र डेटोनेटर ३३ र बम पड्काउन सजिलो हुने सेतो पाउडर हालेर राखिएको जानकारी उनले दिए । पृथ्वी राजमार्ग भएर चल्ने सवारी साधनका यात्रुसमेत पुलमा बम भेटिएपछि त्रसित भएर आवतजावत गरेका थिए ।

नेपाली सेनाले बैरेनी जाने बाटामा लगेर उक्त बम निष्क्रिय पारेको हो । प्रहरीले कडा सुरक्षाबीच एकतर्फी यातायातलाई निरन्तरता दिएको थियो । नेकपाका कार्यकर्ताले शनिबार राति नै सो ठाउँमा बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस