संघीयताले देशको अस्तित्व समाप्त पार्ने चित्रबहादुर केसीको भनाइ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संघीयताले देशको अस्तित्व समाप्त पार्ने चित्रबहादुर केसीको भनाइ


प्रशासन विशेष ब्युरो

२८ बैशाख २०७५, शुक्रबार


पोखरा । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले ‘नेपाली जनताको चाहनाविपरीत लादिएको’ संघीयताले देशको अस्तित्वलाई संकटमा पर्ने बताएका छन् ।

जनमोर्चाको भ्रातृ संगठन अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले विप्रेषणले धानेको देशको अर्थतन्त्रले संघीयता धान्न नसक्ने बताएका छन् ।

मुलुकमा रोजगारीको सिर्जना गर्न नसक्दा अहिले पनि दैनिक एक हजार ५०० युवा विदेशिने गरेको उल्लेख गर्दै उनले नागरिकको सेवाभन्दा विदेशीको सेवा गरेर सत्ता टिकाउने खेल भएसम्म देशमा समृद्धि नआउने बताए ।

प्रतिक्रिया दिनुहोस