दुर्घटनामा दुईको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुर्घटनामा दुईको मृत्यु


२८ बैशाख २०७५, शुक्रबार


रोल्पा । सुनिल स्मृति गाउँपालिका–४ मिझिङमा आज भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

सुलीचौरबाट खुंग्रीतर्फ जाँदै गरेको लु ३ प ७१५६ नंंको ट्रयाक्टर धनगढीबाट लिवाङतर्फ खेलाडी लिएर आउँदै गरेको ना २ ख ५२५ नंको बससँग ठोक्किएर दुर्घटना हुँदा गाउँपालिका–४ का २८ वर्षीय शिवबहादुर वली र २९ वर्षीय तारा रोका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका दाङका किरण राना मगर घाइते भएकामा सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि दाङ पठाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस