मोदीलाई हेर्ने जनसागर : भीड नियन्त्रण गर्न लाठीचार्ज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोदीलाई हेर्ने जनसागर : भीड नियन्त्रण गर्न लाठीचार्ज


२८ बैशाख २०७५, शुक्रबार


जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा सहभागी हुनेहरूको भीड नियन्त्रण गर्न प्रहरीले सामान्य बल प्रयोग गरेको छ ।

भीड अत्यधिक बढेपछि नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्नुपरेको प्रहरीले जनाएको छ ।

रंगभूमि मैदान प्रवेशस्थल साँघुरो भएकाले भित्र प्रवेश गर्न सर्वसाधारणलाई कठिनाइ भएको छ । ठेलमठेल भएपछि कतिपय व्यक्ति बार नाघेर भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले सामान्य लाठीचार्ज गरेको थियो ।

स्थानीय सरकारले एक लाख मानिसलाई मोदीको अभिनन्दन समारोहमा उतार्ने घोषणा गरे पनि बिहानैदेखिको भीड हेर्दा त्योभन्दा पनि धेरै पुग्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस