प्रधानमन्त्री ओली जनकपुरमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओली जनकपुरमा


२८ बैशाख २०७५, शुक्रबार


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । जनकपुर विमानस्थलमा प्रधानमन्त्रीलाई प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीलगायतले स्वागत गरे ।

भारतीय प्रधानमन्त्री मोदी सवार विमान केहीबेरमा जनकपुर विमानस्थलमा अवतरण हुनेछ । त्यहाँ रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री मोदीको स्वागत गर्ने र त्यसपछि जानकी मन्दिरमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीले संयुक्तरूपमा पुजाअर्चना गर्नुका साथै रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

उनले भ्रमणका क्रममा सञ्चारकर्मीहरूको सहज पहुँचका लागि आवश्यक सहजीकरण भइरहेको बताए ।
(रासस)

प्रतिक्रिया दिनुहोस