स्याङ्जाको एग्रोफर्ममा विस्फोट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्याङ्जाको एग्रोफर्ममा विस्फोट


२७ बैशाख २०७५, बिहिबार


स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका–७ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफर्ममा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ ।

दैनिक डेढ लाखभन्दा बढी अण्डा उत्पादन गर्दै आएको खिलुङ कालिका एग्रोफर्ममा मध्यरातको समयमा विस्फोट भएको तर कस्ले किन विस्फोट गराएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

विस्फोटबाट फर्ममा रहेको जेनेरेटर तथा जेनेरेटर राख्नका लागि बनाइएको टहरामा क्षति भएको छ । एग्रोफर्ममा रहेका १०/१२ जना कामदारले विस्फोट भएपछि मात्रै थाहा भएको बताएका छन् । नजिकै मकैबारीतिर बाट आएर फर्मलाई लक्षित गरी विस्फोट गराइएको र विस्फोट भएको ठाउँमा फलामका टुक्राहरु देखिएकाले कस्तो प्रकारको बम हो भन्ने यकिन हुन नसकेको प्रहरीले बताएको छ ।

केही दिनअघि मात्रै खिलुङ कालिका एग्रोफर्मले गल्याङ नगरपालिका–७ मा सुली डम्पिङ गरेको स्थलबाट विषादी आँधीखोलामा फाल्दा आँधीखोलामा रहेका माछालगायत अन्य जलचर प्राणीको विनाश भएको थियो । विनाशपछि गल्याङ तथा आसपासका प्रभावित क्षेत्रका बासिन्दाले वातावरणीय क्षेत्रमा गम्भीर खेलबाड गरेको भन्दै आक्रोशित भई कडा कारबाहीको माग गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस