सूचनाको हक मन्त्रालयबाटै उल्लंघन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

 सूचनाको हक मन्त्रालयबाटै उल्लंघन


२६ बैशाख २०७५, बुधबार


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना उपलब्ध नगराएको भन्दै दुई सरकारी कर्मचारीले राष्ट्रिय सूचना आयोगमा बुधबार उजुरी दर्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत मित्रप्रसाद खतिवडा र जल तथा मौसम विज्ञान विभागका लेखा अधिकृत गणेशप्रसाद गुरागाईंले दोस्रो पटक सूचना आयोगमा उजुरी दिएका हुन् ।

निवेदकले सूचनाको ऐन २०६४ बमोजिम सूचना माग्दा पनि नपाएकाले सम्बन्धित निकायलाई कारबाही र सूचना उपलब्ध गराउन माग गरेका छन् ।

स्वैच्छिक अवकासबारे सूचना माग्दा नदिएपछि सूचना आयोगमा निवेदन दर्ता गराएका उनीहरुले आयोगको पत्रपछि पनि मन्त्रालयले सूचना दिन आनाकानी गरेको उनीहरूले बताए ।

सूचनाको हक प्रयोग गरी सूचना माग्दा पनि नपाएपछि बाध्य भएर पुनः कारवाहीका लागि आयोगमा उजुरी दर्ता गरेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस