मोदीको मुक्तिनाथ दर्शन : पदयात्रीलाई दुई दिनसम्म आवतजावतमा रोक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मोदीको मुक्तिनाथ दर्शन : पदयात्रीलाई दुई दिनसम्म आवतजावतमा रोक


२५ बैशाख २०७५, मंगलबार


मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले वैशाख २८ र २९ गते मुक्तिनाथ मन्दिर आउने पदयात्रीलाई आवतजावतमा रोक लगाएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पदयात्रीलाई दुई दिनसम्म आवतजावतमा रोक लगाएको कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । कार्यालयले मनाङबाट थोरंगल पास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङतर्फ आउने पदयात्रीहरूलाई आवतजावतमा रोक लगाएको हो । भारतीय प्रधानमन्त्रीको सुरक्षा व्यवस्थालाई सुरक्षित र भरपर्दाे बनाउन दुई दिन पदयात्रीलाई आवतजावतमा रोक लगाइएको सूचनामा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार भारतीय प्रधानमन्त्री मोदी वैशाख २९ गते बिहान काठमाडौंबाट मुस्ताङको मुक्तिनाथ भ्रमणमा निस्कनेछन् । उनी भ्रमण सकेर सोही दिन काठमाडौं फर्कने छन् ।

प्रशासन कार्यालयले दुई दिनसम्म आवतजावतमा रोक लगाउँदा मुस्ताङ र मनाङ जिल्लाका पदयात्री मर्कामा पर्ने भएका छन् । सुरक्षाका नाममा दुई दिनसम्म पदयात्रीलाई रोक लगाउन नहुने स्थानीय बताउँछन् । मोदीको दर्शन गर्ने दिन (वैशाख २९ गते) केही घण्टा अगाडीदेखि मात्रै रोक्ने व्यवस्था मिलाएको भएपनि सुरक्षा व्यवस्था चुस्त बनाउने सकिने उनीहरूको बुझाइ छ ।

हेर्नुहोस् जिल्ला प्रशासनको पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस