विहे भनेको यस्तो पो त ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विहे भनेको यस्तो पो त !


प्रशासन विशेष ब्युरो

२२ बैशाख २०७५, शनिबार


काठमाडौं । आजभोलि विवाह भन्ने वितिक्कै निकै तडक भडकका साथ गर्ने गरेको देखिन्छ । हुने खानेलाई त केही लाख खर्च गर्न सहजै हुन्छ तर हुँदा खानेलाई पनि यो फेसनले छोएको हुँदा ऋणदान गरेर भए पनि समाजलाई देखाउन भव्य पार्टी गर्नै पर्छ ।

मासुका विभिन्न परिकार, जाँड रक्सी त हुने भइ हाले, अनि सयौ जनालाई भोज । तर यही समाजमा केहि परोपकारी मनहरु पनि छन्, जसलाई यस्ता पार्टी भोज भतेर फजुल लाग्छन् ।

बैसाख २१ गते शुक्रबारको दिन सयौं जोडी वैवाहिक बन्धनमा बाँधिए तर नवराज ऐर र श्रीदेवी धानुकको जोडी भने फरक तरिकाले वैवाहिक बन्धनमा बाँधिए ।

परम्परालाई जोगाउदै मन्दिरमा गएर विवाह गरेका यो जोडीले पार्टिका लागि भने मण्डीखाटारमा रहेको नेपाल प्रेरणा समाजमा रहेका अनाथ बालबालिकाहरुसँग देखिए । विभिन्न रेष्टुरेन्ट तथा पार्टि प्यालेस लगाएतमा जमघट हुने चलनलाई तोड्दै अनाथ बालबालिकाहरु सँगै वसेर बनाए ।भोजभतेरमा हुने खर्च बालबालिकाहरुका लागि शैक्षिक सामाग्री, लुगा कपडा तथा खाद्यान्न सहयोग गरे ।

संस्कृती र संस्कारलाई पनि अंगाल्दै अनाथ बालबालिकाहरुलाई सहयोग गरेर जगाएको प्रेरणाका लागि यो जोडीलाई सलाम !

प्रतिक्रिया दिनुहोस