एउटा सवारी पनि कम्पनीको रुपमा दर्ता हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एउटा सवारी पनि कम्पनीको रुपमा दर्ता हुने


२१ बैशाख २०७५, शुक्रबार


काठमाडौं । आज गृह मन्त्रालयमा बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठले यातायात कम्पनीको रुपमा दर्ता हुन एउटा सवारी साधन मात्रै भए पनि पुग्ने जानकारी बताएका छन् ।

कम्पनीमा दर्ता हुन कम्तिमा पाँच वटा सवारी साधन हुनुपर्ने प्रावधान रहेको भनि चर्चा आएपनि सरकारले एउटा सवारीलाई पनि कम्पनीको रुपमा दर्ता गर्ने निर्णय भइसकेकोे उनले बताए ।

बैठकमा गृहमन्त्री थापा र यातायात मन्त्री महाशेठले व्यवसायीको बिमा लगायतका जायज माग संवोधन गर्न सरकार तयार रहेको भन्दै सिण्डिकेट हटाउने निर्णयबाट भने पछि नहट्ने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस