यातायात समितिका पदाधिकारीको सम्पत्ति छानबिनदेखि बैंक खाता रोक्का गर्ने निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

यातायात समितिका पदाधिकारीको सम्पत्ति छानबिनदेखि बैंक खाता रोक्का गर्ने निर्णय


२१ बैशाख २०७५, शुक्रबार


काठमाडौं । सरकारले यातायात समितिको सिण्डिकेट विरुद्ध कडा बन्ने भएको छ । सरकारले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन थाल्नुका साथै उनीहरुको बैंक खाता रोक्का गर्ने सम्मको निर्णय गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । यसका लागि यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समिति पदाधिकारीहरुको विवरण लिएर सम्पत्ति शुद्धीकरण विभागलाई उपलब्ध गराउनेछ ।

खाता रोक्का लागि विभागले अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई पत्र लेखि पठाउने बताइएको छ ।

व्यवसायीहरुलाई यातायात सेवा सञ्चालन गर्न बैठकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस