२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुल्क वृद्धि गरेकामा चिन्ता व्यक्त

अ+ अ-

काठमाडौं । विभिन्न विद्यार्थी संगठनका नेताले निजी विद्यालयले सरकारी नियम र शिक्षासम्बन्धी निर्देशिकाको उल्लंघन गरी एकपक्षीय रुपमा शुल्क वृद्धि गरेकामा चिन्ता व्यक्त गरे ।

सरकारले निर्दिष्ट गरेको नियमभन्दा बाहिर गएर वृद्धि गरिएको शुल्क मान्य नहुने ती नेताले बताए ।

नेवि संघका अध्यक्ष नैनसिंह महरले निजी विद्यालय सञ्चालकले सरकारले तोकेको मापदण्डभित्र रहनुपर्नेमा जोड दिँदै दिनभरि काम गरेर बालबच्चा निजीमा पढाइरहेका अभिभावकलाई अनावश्यक मूल्य बढाएको शुल्क फिर्ता नभए तेस्रो चरणको आन्दोलन गर्ने बताए । सरकारी विद्यालयको स्तरोन्नति गर्नेतर्फ सरकारले बलियो आधार निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निजी विद्यालयले बढाएको शुल्कवृद्धि फिर्ता नलिए निर्देशिकाअनुसार सरकारले कारबाही गर्नुपर्ने माग गर्दै विद्यालय सञ्चालकबाट निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता आएमा विद्यालयमा लगाइएका ताला खोल्न निर्देशन दिने बताए।

अनेरास्ववियुका कोषाध्यक्ष झपीन्द्र खत्रीले निजी विद्यालयले बढाएको शुल्कवृद्धि यथासम्भव फिर्ता लिन आग्रह गर्दै विद्यार्थी संगठनले विद्यार्थीको हकहितको लागि जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए ।

निजी विद्यालयले गरेको शुल्कवृद्धिका कारण अभिभावक समस्यामा परेको भन्दै संयुक्त विद्यार्थी संगठनले केही दिनदेखि तालाबन्दी गर्दै आएका छन् । रासस