शिक्षकले पाउँदै आएको सेवा सुविधा रोक्का « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शिक्षकले पाउँदै आएको सेवा सुविधा रोक्का


२० बैशाख २०७५, बिहिबार


नवलपरासी । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाले शिक्षकले पाउँदै आएको सेवा सुविधा रोक्का गर्ने रणनीति बनाएको छ ।

गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षा क्षेत्रको सुधारका लागि सो रणनीति बनाएको गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताोटीले जनाए । गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने शिक्षका हकमा पाउँदै आएको सुविधा रोक्का गर्ने योजना बनाएको अध्यक्ष बस्ताकोटीले भने ।

यस वर्ष कक्षा ८ को परीक्षामा शून्य दशमलब ४ प्रतिशत मात्र विद्यार्थी उत्र्तीण भएका छन् । वास्तविक नतिजा अनुसार तीन सय १५ जना विद्यार्थीमध्ये कक्षा ८ मा यसबर्ष चारजना मात्र विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष बस्ताकोटीले जानकारी दिए ।

बुलिङ्टार गाउँपालिकाको शिक्षाको गुणस्तर सुधारका लागि विशेष कार्ययोजना अघि बढाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताए । गुणस्तरीय शिक्षाका लागि काममा ठगी गर्ने शिक्षकको सेवा सुविधासमेत रोक्का गर्ने अध्यक्ष बस्ताकोटीले जानकारी दिए ।

यस बुलिङ्टार गाउँपालिकामा हाल एक उच्च माविसहित ४४ वटा प्रावि र निमावि रहेका छन् । हाल यस गाउँपालिकामा कूल २० हजार जनसंख्या रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस