सामान्य प्रशासन मन्त्रीलाई नगर प्रमुखको चेतावनी – सिँहदरबारबाटै स्थानीय सरकारको दरबन्दी तोक्ने ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सामान्य प्रशासन मन्त्रीलाई नगर प्रमुखको चेतावनी – सिँहदरबारबाटै स्थानीय सरकारको दरबन्दी तोक्ने ?


१९ बैशाख २०७५, बुधबार


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै धरान उपमहानगरपालिकाले मन्त्रीलाई चिठि काटेको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल, सल्लाह र सहमती नै नगरी जारी गर्दै आएका परिपत्रहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै नगर प्रमुख तारा सुब्बाले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई चिठि काटेका हुन् ।

नगर प्रमख तारा सुव्बाको सचिवालयको लेटरहेडमा सामान्य प्रशासन मन्त्रीलाई सम्बोधन गरी लेखिएको ध्यानाकर्षण पत्रमा भनिएको छ –स्थानीय सरकार सञ्चालन ऐन, २०७४ समेतको मर्म र भावनामा चोट पुग्ने गरी सिँहदरबारबाटै असान्दर्भिक रुपमा स्थानीय सरकारलाई केन्द्रीय तहबाटै नियन्त्रण गर्ने र संघीयता र नेपालको संविधानको भावना विपरीत हुने गरी गरेका परिपत्रहरुप्रति यस उपमहानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।

यसरी संविधानको मर्म र संविधान प्रदत्त स्थानीय सेवाको सञ्चालन गर्ने अधिकार अनुकुल नहुने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेका यस्ता कृयाकलापहरुप्रति असहमति प्रकट गर्दै यस नगरपालिकाको सहमती, आवश्यकता र औचित्य विपरीत मान्न यो नगरपालिका बाध्य नहुने र हाम्रो आवश्यकता विपरीतका कर्मचारी पठाइएमा हाजिर गराउन नसकिने व्यवहोरा समेत अनुरोध छ ।

हेर्नुहोस् पत्र

र यो पनि,

अधिकार क्षेत्रमाथि प्रश्न उठाउँदै केन्द्र सरकारलाई धमाधम पत्र

Tags :
प्रतिक्रिया दिनुहोस