सुकिलुम्बा विमानस्थलबाट परीक्षण उडान हुने : नेता नेम्वाङ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सुकिलुम्बा विमानस्थलबाट परीक्षण उडान हुने : नेता नेम्वाङ


१७ बैशाख २०७५, सोमबार


इलाम । पूर्व सभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट १० दिनभित्रमा परीक्षण हुने बताए । नेम्वाङले आज बिहान आयोजित पत्रकार सम्मेलनमा सबै प्रक्रिया पु-याएर १० दिनभित्र परीक्षण उडान गरिने बताए ।

एक दशकदेखि निर्माण कार्य शुरु भएको विमानस्थल सञ्चालन गर्न जिल्लावासीको चासो बढिरहेका बेला नेम्वाङले परीक्षण उडान गर्ने आश्वासन दिए । उनको यस आश्वासनले जिल्लावासी उत्साहित भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई उद्धृत गर्दै १० दिनभित्र परीक्षण उडान हुन्छ, १५ दिनमा इलाम लिएर जान्छु भनेको स्मरण गरे । रासस

प्रतिक्रिया दिनुहोस