प्रधानमन्त्री ओली शान्ति -यालीमा सहभागी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओली शान्ति -यालीमा सहभागी


१७ बैशाख २०७५, सोमबार


लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति -यालीमा सहभागी भएका छन् ।

लुम्बिनीबाट शुरु भएको शान्ति -यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी भएका थिए । -यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, देश विदेशबाट आउनु भएका बौद्ध भिक्षु र बौद्ध विद्वानहरु,पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी थिए ।

त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको अवलोकन गरेका थिए । आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी आएका प्रधानमन्त्री आजनै काठमाडौं फर्कने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस