शिक्षा सचिव बालकको अभिभावक « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

शिक्षा सचिव बालकको अभिभावक


१५ बैशाख २०७५, शनिबार


Khaga Raj Baral

फलेवास । शिक्षा सचिव खगराज बराल यहाँका एक बालकको अभिभावक बनेका छन् ।

मोदी गाउँपालिका–६ तिलाहारस्थित नवजागृत माविमा स्थानीयवासी विनोद र राधिका लामिछानेका पाँच वर्षीय छोरा विवशलाई कक्षा १ मा भर्ना गराएर अभिभावकत्व ग्रहण गर्दै हरेक बालबालिकाको पढ्न पाउने अधिकारको रक्षा गर्न सरकारले विद्यालय बाहिर रहेकालाई भर्ना गराउने अभियान चलाएको र यसमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

सोही अवसरमा गाउँपालिकाका प्रमुख प्रेम पौडेलले सुमित तथा कोपिला लामिछानेका छोरा समितलाई कक्षा १ मा भर्ना गराएर अभिभावकत्व ग्रहण गरे। त्यस्तै शिक्षा विभागका उपनिर्देशक नारायणप्रसाद सुवेदीले गणेश र सम्झना जिसीका छोरा सभ्यलाई भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् ।

त्यसैगरी मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले वीरेन्द्र र शान्ति केसीका छोरा अञ्जनलाई भर्ना गराएर अभिभावकत्व ग्रहण गरे। यसअघि सोही विद्यालयमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, मोदी–६ का वडाध्यक्ष विमल लामिछाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रजंग लामिछानेले विद्यार्थी भर्ना गराएर अभिभावकत्व ग्रहण गरिसकेका थिए।

प्रतिक्रिया दिनुहोस