विद्यार्थी संगठनद्वारा निजी स्कुलको शुल्क घटाउन स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विद्यार्थी संगठनद्वारा निजी स्कुलको शुल्क घटाउन स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र


१४ बैशाख २०७५, शुक्रबार


काठमाडौं । निजी विद्यालयहरुले मनपरी शुल्क घटनाउन दवावमूलक कार्यक्रम घोषणा गरेका संयुक्त विद्यार्थी संगठनले आज (शुक्रबार) स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पूर्व घोषित कार्यक्रम अनुसार शुक्रबार देशैभरका स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीले बताए ।

निजि विद्यालयहरुको मनपरि नियन्त्रण गर्ने र सरकारी विद्यालयप्रतिको आकर्षण बढाउने तर्फ स्थानीय तह स्वयम् केन्द्रीत हुनुपर्ने आफुहरुको माग रहेको शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस