संसद् अधिवेशन बैशाख २३ मा आव्हान गर्न सिफारिस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संसद् अधिवेशन बैशाख २३ मा आव्हान गर्न सिफारिस


१४ बैशाख २०७५, शुक्रबार


काठमाडौँ । संघीय स‌ंसदको अधिवेशन बैशाख २३ गते आव्हान गर्न सिफारिस गरेको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २३ गते आइतबार ४ बजे संसद बैठक बोलाउन राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो।

बैठकले यस्तै, आन्तरिक शान्ति र सुुव्यवस्था सम्बन्धी विधेयक तर्जुमा गर्न गृहमन्त्रालयलाई सैद्धान्तिक सहमति दिने र सहन्यायाधिवक्ता रमादेवी पराजुलीलाई रिक्त रहेको बैदेशिक रोजगार न्यायाधीकरणको सदस्य पदमा तोक्ने निर्णय गरेको छ।

त्यसैगरी भारत सरकारको सहयोगमा बिरगञ्जमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकीको भन्सार क्षेत्र निर्धारण सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस